Online Bichar
बिहिबार, चैत्र ०६, २०८१ | Thursday, March 20, 2025

पोखरा, ११ मंसिर २०८१ । पोखराको प्राइम सहकारी ठगीको आरोपमा पक्राउ परेका नेकपा एमाले तनहुँका नेता शंकर नारायण श्रेष्ठ कारागार चलान भएका छन् । उनलाई आइतबार प्रहरीले पक्राउ गरी अदालत पेस गरेको थियो ।

अदालतले ५० लाख धरौटी खुलाएकोमा उक्त रकम तिर्न नसकेपछि कारागार चलान भएका हुन् । उनले सहकारीबाट करोडौँ रकम अपचलन गरेको आरोप छ ।

२०७४ सालमा व्यास नगरपालिकाको मेयरमा पराजित उनी एकीकृत समाजवादी प्रवेश गरेका थिए । केही समयअघि पुनः एमालेमै फर्किएका हुन् ।

 

तपाईको प्रतिक्रिया