Online Bichar
आइतबार, मंसिर २२, २०८२ | Sunday, December 7, 2025

दाङ, ११ मंसिर २०८१ । रुकुम पश्चिममा चक्कु प्रहार गरी बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन्।

आठबिसकोट नगरपालिका-१० घारीखोलाका २० वर्षीय वीरबहादुर खत्री मंगलबार बिहान गाउँमै लुकिछिपी बसेको अवस्थामा पक्राउ परेको जिल्ला प्रहरी प्रमुख डिएसपी नवराज पोखरेलले जानकारी दिए।

आइतरबार बेलुकी पैसा नदिएको भन्दै छोरा वीरबहादुरले ५० वर्षीय बुवा दर्वे खत्रीको पेटमा चक्कु प्रहार गरी हत्या गरेको आरोप छ।

घटनापछि छोरा फरार थिए। बुवाको हत्या आरोपी छोरा लागुऔषध सेवनकर्ता रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

 

तपाईको प्रतिक्रिया