Online Bichar
शुक्रबार, मंसिर २०, २०८२ | Friday, December 5, 2025

काठमाडौँ, ११ मंसिर २०८१ । सेयर बजार आज पनि दोहोरो अंकले बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन सोमबार १५.८३ अंकले बढेको नेप्से परिसूचक आज ३३.४१ अंकले बढेर २७१६.६६ विन्दुमा पुगेको हो। सेन्सेटिभ इण्ड‍ेक्स ४.५० अंकले बढेर ४७७.५७ विन्दुमा अडिएको छ।

नेप्से परिसूचक बढेसँगै कारोबार रकम पनि सोमबारो तुलनामा बढेको छ। यसदिन ३ स्क्रिप्सक १ करोड ४२ लाख ९२ हजार ७४२ कित्ता सेयर ७ अर्ब ४४ करोड ९ लाख ९ हजार ९८७ रुपैयाँ खरिबिक्री भए। अघिल्लो कारोबार दिन सोमबार ६ अर्ब ३४ करोड मुल्य बराबरको सेयर कारोबार भएको थियो।

आज तीनवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सपोर्ट माइक्रोफाइनान्स वित्तिय संस्था,युनाइटेड आईडीएल मार्दी आरबी हााइड्रोपावर कुथेली बुखार स्मल हाइड्रोपावरको सेयर १० प्रतिशतले बढ्यो। मिथिा लघुवित्त वित्तीय संस्थाको ९.६२ र अपर हेवाखोला हाइड्रोपावरक सेयर ८.८० प्रतिशतले बढ्यो।

 

तपाईको प्रतिक्रिया