Online Bichar
बुधबार, पौष ०२, २०८२ | Wednesday, December 17, 2025

काठमाडौं, ६ मंसिर २०८१ । नेपालले सार्वभौम साखमा ‘बीबी माइनस’ (BB-) रेटिङ पाएको छ। अमेरिकी संस्था फिच क्रेडिटले पहिलोपटक गरेको रेटिङमा नेपालले बीबी माइनस रेटिङ पाएको हो।

नेपालले भारतपछि दक्षिण एसियामा राम्रो रेटिङ पाएको हो। भारतभन्दा दुई स्थान तल रहेको नेपालको रेटिङ दक्षिण एसियाका बंगलादेश, पाकिस्तान र श्रीलंकाभन्दा राम्रो हो।

भारतले बीबीबी माइनस, बंगलादेशले बी प्लस, श्रीलंका र पाकिस्तानले सीसीसी प्लस रेटिङ पाएको हो। रेटिङले त्यो मुलुकको आर्थिक तथा लगानीको वातावरणको अवस्था झल्काउने फिच क्रेडिटले जनाएको छ।

नेपालमा विदेशी मुद्रा सञ्चिति बलियो अवस्थामा रहेको, आर्थिक गतिविधि चलायमान बन्ने संकेत देखिएकाले आर्थिक वृद्धिदरमा सकारात्मक वृद्धि हुने अनुमान गरिएको छ।

 

तपाईको प्रतिक्रिया