Online Bichar
आइतबार, मंसिर २९, २०८२ | Sunday, December 14, 2025

दैलेख, ६ मंसिर २०८१ । दैलेखमा बोक्सी लगाएको आरोपमा हँसियाले हानेर भाइले दाईको हत्या गरेका छन् । दुल्लू नगरपालिका–१३ मालिकाको खणिकाधाराका ५६ वर्षीय कर्णबहादुर कामीलाई भाई नाता पर्ने ४३ वर्षीय भुवनसिंह बिकले हँसियाले हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।

आफूलाई बोक्सी लगाएर विरामी पारेको भन्दै गएको बुधवार साँझ कर्णबहादुरको घरमै पुगी भुवनसिंहले हँसिया प्रहार गरी घाँटी आधा छिनालेको लगतै घटनास्थलमै कर्णबहादुरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारले बताए ।

मृतकको शव दुल्लू अस्पतालमा पोष्टमार्टम भईसकेको छ भने आरोपित भुवनसिंह बिकलाई पक्राउ गरी आवश्यक प्रारम्भिक अनुसन्धान थालिसकेको प्रहरी निरीक्षक सुनारले जानकारी दिए ।

तपाईको प्रतिक्रिया