Online Bichar
शनिबार, कार्तिक २३, २०८२ | Saturday, November 8, 2025

५ मंसिर २०८१ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। बुधबार जिल्ला अदालत काठमाडौंले उनलाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको साइबर ब्युरोका प्रवक्ता एवं एसपी दिपकराज अवस्थीले जानकारी दिए।
साइबर अपराधको आरोपमा पक्राउ परेका प्रसाईंलाई म्याद थप्न जिल्ला अदालत काठमाडौं लगिएको थियो।

विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार अनुसन्धान गर्न प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको हो।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले उनलाई भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो।

 

तपाईको प्रतिक्रिया