झापा, २३ कार्तिक २०८१ । झापाको गौरीगञ्जमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर गौरीगञ्ज गाँउपालिका-४ का ३० वर्षिय रोशन मगरको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
हिँजो(बिहिबार) अन्दाजी ९ः२० बजेको समयमा गौरीगञ्ज गाँउपालिका-३ ठेकिटोला स्थित हुलाकी सडक खण्डमा पश्चिम गौरीगञ्ज बजारबाट पुर्व कोरोबारी तर्फ जादैं गरेको मे ८ प ८८९५ नम्बरको मोटर साइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक मगर र पछाडी सवार गौरीगञ्ज-२ बस्ने ३२ वर्षिय श्याम राजबंशी घाइते भई उपचारको लागी लाईफ लाईन अस्पताल दमक पठाइएको थियो । उपचारको क्रममा मोटरसाइकल चालक रोशन मगरको सोही रात १०ः३० बजेको समयमा मृत्यु भएको प्रहरीले छ । मोटरसाइकललाई नियन्त्रणमा लिई सो घटना सम्बन्धमा अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।






