पोखरा, २० कार्तिक २०८१ । सहकारीको रकम अपचलन मुद्दामा पूर्व गृहमन्त्री रवि लामिछानेलाई थप अनुसन्धानका लागि १० दिन म्याद थप गरेको छ।
जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले मंगलबार लामिछानेलाई थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो। जिल्ला प्रहरी कास्कीले लामिछानेमाथि अनुसन्धान गर्न २५ दिनको म्याद माग गरेको थियो।






