Online Bichar
बुधबार, बैशाख १७, २०८२ | Wednesday, April 30, 2025

काठ्माडौं, १० कार्तिक २०८१ । वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीमाथि २० लाख घुस लिएको आरोप लागेको छ।

उनले डेर्नमार्कका अवैतानिक श्रम दूत बनाइदिने भन्दै एक व्यक्तिसँग २० लाख रूपैयाँ लिएको रसिद सहितको उजुरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा परेपछि उनी छानबिनमा तानिएका हुन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट छानबिनका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई पत्राचाभएपछि मन्त्रालयले छानबिन समिति गठन गरेको मन्त्रालयलका सहसचिव निश्चलराज पाण्डेले बताए।

‘हामीले उहाँलाई परेको उजुरीबारे छानबिन गर्न कानुन उपसचिव शारदा राउतको संयोजकत्वमा छानविन समिति गठन गरेका छौं। हो वा होइन छानबिन समितिको प्रतिवेनपछि थाहा हुनेभयो,’ उनले भने।

मन्त्रालयले छानबिनका लागि कार्यकारी निर्देशक डा। उप्रेतीलाई विहीबारदेखि मन्त्रालय तानेको अधिकारिहरूले बताएका छन्। उनीमाथिको आरोप टुंगो नलागेसम्मका लागि मन्त्रालयले बोर्डको नेतृत्वमा सहसचिव जीवलाल भूसाललाई पठाउने निर्णय गरेको छ।

मन्त्रालयका अनुसार छानबिनका लागि तानिएको उप्रेतीले शुक्रबारसम्म मन्त्रालयमा हाजीर गरेका छैनन्।

आरोपका विषयमा कार्यकारी निर्देशक उप्रेतीसँग कुरा गर्दा उनले अहिले आफू अहिले प्रदूषित अवस्थामा रहेको बताए।

‘वाहियात आरोपमा जवाफ दिन जरूरी ठान्दिनँ। समय आफै बोल्ने छ,’ उनले भने।सेतोपाटीबाट

 

तपाईको प्रतिक्रिया