Online Bichar
सोमबार, बैशाख ०८, २०८२ | Monday, April 21, 2025

काठमाडौं, ८ कार्तिक २०८१ । बालिका बलात्कारको आरोपमा सशस्त्र प्रहरी बलका दुई सुरक्षाकर्मी पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा दाङको २९ नं. ज्वालामाई गणमा कार्यरत सहायक हवल्दार भरत रोका मगर र जवान रेवन पचभैया मगर छन् ।

बलात्कारको आशंकापछि सशस्त्र प्रहरीकै टोलीले अनुसन्धान गर्न भनेर जिल्ला प्रहरी कार्यालय दाङलाई बुझाइएको सशस्त्रका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

गत असोज २४ गते पिङ खेल्न आएकी ८ वर्षीया बालिकामाथि उनीहरुले बलात्कार गरेको आरोप लागेको छ ।

 

तपाईको प्रतिक्रिया