Online Bichar
शुक्रबार, चैत्र ०७, २०८१ | Friday, March 21, 2025

कास्की, ८ कार्तिक २०८१ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

उनी गत असोज ६ गते पक्राउ परेका थिए । पक्राउ परेसँगै उनको म्याद थप हुँदै आएको छ ।

बिहीबार नै अदालतले रास्वपाका सभापति रवि लामिछाने र सहकारी ठगीमै पक्राउ परेकी लीला पछाइको पनि ७ दिन नै म्याद थपको आदेश गरेको छ ।

 

तपाईको प्रतिक्रिया