Online Bichar
बुधबार, बैशाख १०, २०८२ | Wednesday, April 23, 2025

काठ्माडौं, ५ कार्तिक २०८१ । सेयर बजारको नेप्से परिसूचक आज सोमबार करिब ५८ अंकले घटेको छ। ५७.९९ अंक घटेपछि नेप्से २६३९ मा कायम भएको छ। बजार घटेसँगै कारोबार रकमसमेत घट्न पुगेको छ। अघिल्लो कारोबार दिन ८ अर्ब १८ करोडको सेयर कारोबार भएकोमा आजको कारोबार ५ अर्ब ९० करोडमै सीमित रह्‍यो।

कारोबार रकमका आधारमा आज हिमालयन री इन्स्योरेन्स शीर्ष स्थानमा रह्‍यो। यस कम्पनीको २२ करोड ३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो। त्यस्तै, यस दिन ङादी ग्रुप पावर र कुमारी बैंकको साढे १७ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने गुडविल फाइनान्सको कारोबार रकम १४ करोड नाघेको छ। यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ।

तपाईको प्रतिक्रिया