झापा, ५ कार्तिक २०८१ । झापामा जुवाजन्य तास तथा कौडा खेल्ने १३ जना पक्राउ परेका छन् । हल्दिबारी गाउँपालिका-१ गोलधाप बजार बस्ने गजेन्द्र काङबाङको घरमा जुवाजन्य तास तथा कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पक्राउ पर्नेमा हल्दिबारी गाउपालिका-१ का ६३ वर्षिय यज्ञराज त्रिताल, सोही ठाउँका ४५ वर्षिय बिर बहादुर गुरुङ, ४२ वर्षिय रामनाथ साह, ६१ वर्षिय भानुभक्त नेपाली, ६२ वर्षिय अशोक राई, ६१ वर्षिय सरोज दाहाल, ३८ वर्षिय प्रकाश गिरी, बिर्तामोड नगरपालिका-५ का ५२ वर्षिय राजन चुडाल, भद्रपुर नगरपालिका-१० का ५५ वर्षिय राजेन्द्र तुलाधर, सोही ठाउँका ४३ वर्षिय माधव भट्टराई, ५८ वर्षिय रामबाबु राउत, भद्रपुर-७ का ४५ वर्षिय बिशाल अधिकारी र भद्रपुर-८ का सुबास न्यौपाने रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले गोप्य सुचनाको आधारमा उहिरुलाई आइतबार राती अन्दाजी १०ः३० बजेको समयमा पक्राउ गरिएको जनाइएको छ । उनिहरुको साथबाट ८३ हजार २ सय ५० रुपैयाँ नगदसहित कौडा १६ थान, तास ४६९ थान, खाल १ थान, काठको फ्रेम १ थान, स्क्रिन टच ११ र किप्याड २ थान मोबाईल समेत बरामद गरिएको प्रहरीले जनाएको छ । सो सम्बन्धमा जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान कार्य भई रहेको जनाइएको छ ।