Online Bichar
शुक्रबार, बैशाख १२, २०८२ | Friday, April 25, 2025

काठमाडौं, ४ कार्तिक २०८१ । सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम भएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढ्दा नेपाली बजारमा भाउ बढेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला १ लाख ६५ हजार कायम भएको हो। अघिल्लो कारोबार दिन शुक्रबार प्रतितोला सुनको मूल्य १ लाख ६४ हजार ४ सय रुपैयाँमा खरिदबिक्री भएको थियो।

सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि वृद्धि भएको छ। यसदिन चाँदी २ हजार ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिआउन्स (२.६६ तोला) करिब २७ सय अमेरिकी डलर छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै त्यसको प्रभाव नेपाली बजारमा पर्ने गरेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्य अन्तर्राष्ट्रिय बजारमा नै सुनको माग बढ्दा भाउ बढेको बताउँछन्। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिआउन्स (२.६६ तोला) करिब २७ सय अमेरिकी डलर छ। सन् २०२७ सम्म ३ हजार प्रतिआउन्स पुग्ने अन्तर्राष्ट्रिय प्रक्षेपण सन् २०२५ मै पूरा हुने शाक्य बताउँछन्। आगामी ५–६ महिनाभित्र नेपालमा नै सुनको मूल्य प्रतितोला करिब २ लाख पुग्ने उनको भनाइ छ।

 

तपाईको प्रतिक्रिया