झापा, ३ कार्तिक २०८१ । झापाको कमल गाउँपालिकामा सवारी दुर्घटना हुँदा एक जना मानिसको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक मोरङ केराबारी गाँउपालिका-७ बस्ने अन्दाजी ५५ वर्षिय पदम मुकारुम राईको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
आज अन्दाजी १२ः३० बजेको समयमा कमल गाँउपालिका-५ रबि पेट्रोल पम्प स्थित पुर्व पश्चिम राजमार्गमा दमकबाट बिर्तामोड तर्फ जादै गरेको प्रदेश न.१-०१-००१ ख ३४३५ नम्बरको कनकाई माई पाथिभरा यात्रुबाहक बसले सोही दिशा तर्फ जादै गरेको को १६ प ५३२२ नम्बरको मोटरसाईकललाई ठक्कर दिई दुर्घटना हुदा उक्त मोटरसाईकल चालक राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त घट्ना पश्चात स्थानीयबासीहरु आक्रोसित भई उक्त बसलाई ढुङगा, मुडा गरी सिसा तोडफोड गरी आगजनि गरेका थिए । तत्काल बैकल्पिक मार्गबाट सवारीसाधन चलि रहेको प्रहरीले जनाएको छ । बस चालक घेरादह नगरपालिका१ ३५ वर्षिय संजय नेपालीलाई इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा राखिएको जनाइएको छ । उक्त स्थानमा प्रहरी टोली खटी गई सो सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको झापा प्रहरीले जनाएको छ ।