Online Bichar
शुक्रबार, चैत्र ०७, २०८१ | Friday, March 21, 2025

झापा, २ कार्तिक २०८१ । झापामा फलामको गेटले किचेर २ वर्षिय बालकको मृत्यु भएको छ । अर्जुनधारा नगरपालिका-६ बस्ने सवनम मस्कराको छोरा शिवयम मस्कराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बिहिबार अन्दाजी ८ बजेको समयमा शिवयम मस्करा आमा श्रेया अग्रवालसंग सोही ठाउँ स्थित मामाघर रिषी अग्रवालको घरमा पाहुना आएको बेला फलामको गेटमा खेल्ने क्रममा उक्त गेट पल्टि किचेर घाइते भएका थिए । टाउकोमा चोट लागेर गम्भिर अवस्थामा रहेको बालकलाई तत्काल बिर्तामोड स्थित बिएण्डसी अस्पतालमा उपचार गराइरहेको अवस्थामा आज बिहान अन्दाजी ६ः१५ बजेको समयमा बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । सो सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया