Online Bichar
आइतबार, बैशाख ०७, २०८२ | Sunday, April 20, 2025

काठमाडौँ, २२ असोज २०८१ । यही असोज २० गतेबाट बाहिरिन थालेको मनसुन आज काठमाडौँ उपत्यकाबाट पनि बहिर्गमन भएको छ।

नेपालको सुदूरपश्चिम प्रदेशलगायत कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशको पश्चिमी भू–भागको थोरै स्थानबाट असोज २० गते मनसुन बाहिरिएको थियो।

आज काठमाडौँ उपत्यकासहित बागमती प्रदेशको पश्चिमी भू–भाग र मधेश प्रदेशका पश्चिमी भू–भागका थोरै स्थानबाट मनसुन बाहिरिएको हो।

हाल कोशी प्रदेशलगायत मधेश प्रदेश र बागमती प्रदेशको पूर्वी भू–भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

 

तपाईको प्रतिक्रिया