Online Bichar
बिहिबार, फाल्गुण ०७, २०८२ | Thursday, February 19, 2026

काठमाडौं, २१ असोज २०८१ । श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नुवाकोटका ६० वर्षीय जितबहादुर भन्ने काले तामाङलाई पक्राउ गरेको हो।

गत वैशाख १९ गते काठमाडौंको दक्षिणकाली-६ बस्ने ४५ वर्षीया डोल्मा शेर्पा आफ्नै डेरामा मृत फेला परेका थिए। अनुसन्धान गर्दै जाँदा कुटपिटबाट उनको मृत्यु भएको खुलेको प्रहरीको भनाइ छ।

श्रीमानले नै कुटपिट गरी हत्या गरेको निष्कर्षपछि प्रहरीले तामाङलाई भक्तपुरको छालिङबाट पक्राउ गरेको थियो। प्रहरी उपरीक्षक अंगुर जिसीका अनुसार तामाङलाई कानुनी कारबाहीका लागि प्रहरी वृत्त कीर्तिपुर पठाइएको छ।

 

तपाईको प्रतिक्रिया