काठमाडौं, २० असोज २०८१ । देशका विभिन्न प्रदेशबाट यस वर्षको मनसुन बाहिरिने क्रम सुरु भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम प्रदेश लगायत कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूबाट बाहिरिएको छ।
मनसुनी वायु कमजोर हुँदै गइरहेको हुनाले नेपालको बाँकी भूभागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाले नियमित रूपमा मनसुन बहिर्गमन प्रक्रियालाई अनुगमन गरिरहेको जनाएको छ।