Online Bichar
शुक्रबार, आश्विन १८, २०८१ | Friday, October 4, 2024

काठमाडौं, ३० भदौ २०८१ । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । आइतबारका लागि तय भएको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले अवरुद्ध पार्ने निर्णय गरेसँगै सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् ।

संघीय संसद सचिवालयका अनुसार अब बैठक सोमबार दिउँसो १ बजे बस्नेछ ।

यसअघि आइतबार दिउँसो १ बजेका लागि तय भएको बैठक सहमति नजुटेकै कारण सवा ३ बजेसम्मका लागि स्थगित भएको थियो । यो बीचमा पनि सहमति जुटन नसकेपछि बैठक बुधबारसम्मकै लागि स्थगित भएको हो ।

जनयुद्धलाई सभामुख देवराज घिमिरेले ‘हिंसा’ भनेर स्थापित गर्न खोजेको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले आपत्ति जनाउँदै आएको छ । बिहीबारको बैठकमा सभामुख घिमिरेले रुलिङ गर्दै हिंसा असंसदीय शब्द नभएको र रेकर्डबाट नहटाउने बताएका थिए ।

त्यसमा माओवादी केन्द्रले आपत्ति जनाउँदै सभामुखको निर्णय स्वीकार नगर्ने भन्दै सदन अवरोध गरेको थियो । सोही विषयमा सहमति जुटाउन आइतबार बिहान सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूको बैठक बोलाएका थिए । तर‚ बैठकमा पनि सहमति जुट्न सकेन ।
भदौ १२ को प्रतिनिधि सभा बैठकमा एमाले सांसद योगेश भट्टराईले जनयुद्धलाई हिंसा भनेपछि सदनमा विवादको वातावरण सिर्जना भएको हो । यो विषयमा एमाले र माओवादी सांसद आम्नेसाम्ने भइरहेका छन् ।

तपाईको प्रतिक्रिया