जेबि खड्का
गौरादह । डाँफे सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले १७ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ। कस्मिक पार्टी प्यालेस दमकमा सम्पन्न साधारणसभामा कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम बहादुर मगरले साधारणसभाको उद्घाटन गरेका थिए।
उद्घाटन गर्दै मन्त्री मगरले सहकारी संस्थाले नागरिक समक्ष छरिएर रहेको पुँजीलाई एकीकृत गरि जनताको आम्दानी बढाउन सफल भएको धारणा राखेका थिए।संस्थाका अध्यक्ष तुलाराम न्यौपानेले संस्थाको बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए।संस्थाको १७ औं बार्षिक साधारणसभाको बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गर्दै कार्यक्रमका सभापति समेत रहेका संस्थाका अध्यक्ष न्यौपानेले संस्था अब सेयर सदस्यहरुको आयआर्जन वृद्धि तर्फ उन्मुख हुने बताएका छन्।
सेयर सदस्यहरुको समान दायित्व रहेको संस्था सहकारीले अब आर्थिक कारोवार गरेर मुनाफा कमाउने मात्र आजको आवश्यकता नरहेको धारणा राखेका थिए। संस्थाले सेयर सदस्यलाई योग्य जनशक्ति उत्पादन गर्न आवश्यक तालिम दिनुका साथै ऋण लगानी गर्ने बताएका छन। संस्थाले पहिलो पटक १० जना सेयर सदस्यहरुलाई स्वरोजगार बनाउन सीप मुलक तालिम प्रदान गर्ने धारणा राखेका थिए। सेयर सदस्यहरुको चाहना अनुसार कौसी खेती, आर्गनिक तरकारी खेती, व्यावसायिक तालिम, लगायतका तालिम प्रदान गरिने जानकारी गराएका छन्।
साधारणसभामा लेखा सुपरिवेक्षण समितिका संयोजक हेम चन्द्र खनालले लेखा सुपरिवेक्षणको प्रतिवेदन प्रस्तुत गरेका थिए। डाँफे सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले आर्थिक बर्ष २०८०र०८१ मा ९ करोड ५१ लाख ८ हजार ८ सय २४ रुपैयाँ कुल आम्दानी गरेको छ। गत आर्थिक बर्षमा ८३ करोड ५९ लाख ७८ हजार ९ सय ७३ कुल कारोवार गरेको संस्थाले १ करोड २ लाख ८७ हजार ८ सय ६७ कुल नाफा गरेको प्रतिबेदन प्रस्तुत गरेका थिए।
कार्यक्रममा संस्थाका ८८ बर्षका जेष्ठ नागरिक टिकाराम अधिकारीलाई २ हजार १ सय १, पत्रकार बिष्णु पौडेललाई नगद ५ हजार १ सय र कर्मचारी योगेश अधिकारीलाई ५ हजार १ रुपैयाँ र प्रसंसा पत्र सहित सम्मान गरिएको थियो।संस्थाले गत आर्थिक बर्षमा स्वास्थ्य शिविर, रक्तदान, तिज बिशेष कार्यक्रम, सहकारी अवलोकन भ्रमण, जेष्ठ सदस्य पर्यटकीय स्थल भ्रमण, समुदायमा आधारित कार्यक्रम,योग शिविर, बाल तथा सदस्य अवलोकन भ्रमण कार्यक्रम सम्पन्न गरेको संस्थाका ब्यबस्थापक टंक निरौलाले जानकारी गराएका छन्।
प्रधान कार्यलय दमकमा रहेको संस्थाले हाल सम्म गौरादह, धरमपुर, बुद्ध शान्ति, बिर्तामोड, सुरुङगा, उर्लाबारीमा सेवा केन्द्र संचालन गरि सेयर सदस्यहरुलाई सेवा दिदै आएको संस्थाका गौरादह सेवा केन्द्र प्रमुख चुडामणी पौडेलले जानकारी गराएका छन्।कार्यक्रममा झापा कोशी प्रदेश सांसद होम बहादुर थापा, कोशी प्रदेश बचत तथा ऋण सहकारी संघ बरिस्ठ उपाध्यक्ष चन्द्रा खड्का, जिल्ला सहकारी संघ उपाध्यक्ष प्रेम कुमार कोईराला, झापा जिल्ला सहकारी संघ लेखा सुपरिवेक्षण समिति संयोजक चुडामणी ओझा लगायतले शुभकामना मन्तब्य राखेका थिए। संस्थाका उपाध्यक्ष सन्तोष कुमार श्रेष्ठले स्वागत मन्तब्य राखेको कार्यक्रममा सह सचिब केशव शरण अधिकारीले कार्यक्रम संचालन गरेका थिए।