जेबि खड्का
गौरादह । कन्चनजंघा बहुउद्देश्यीय सहकारी संस्थाको २४ औं साधारणसभा अन्तर्गत ईकाइ गौरादहको ईकाइगत साधारणसभा सम्पन्न भएको छ। साधारणसभाको सभापति समेत रहेका संस्थाका अध्यक्ष मणि कुमार भण्डारीले २४ औं साधारणसभाको बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए।
प्रगति प्रतिबेदन प्रस्तुत गर्दै अध्यक्ष भण्डारीले संस्थाले आर्थिक कारोबारका काम गर्नुका साथै सामाजिक क्षेत्रमा रचनात्मक काम गरेको जानकारी गराएका थिए। संस्थाले समाज रुपान्तरणका लागि लखनपुरमा रहेको मंगलमय मा.बि. मा अध्यानरत शुस्त श्रवण बिद्यार्थीहरुको आवासमा सौर्य बत्ती जडान, सर्पदस उपचार सेवा दमकलाई बिरामी राख्ने ३ थान बेड उपलब्ध गराएको, रङको काम गर्ने १० जना मजदुरलाई सुरक्षित हेल्मेट बितरण, सामुदायिक प्रहरी भवन निर्माण गर्न आर्थिक सहयोग गरेको जानकारी गराएका छन।
संस्थाका जेष्ठ सदस्यलाई सम्मान, दमक नगरमा सरसफाइ राख्न संस्थाको तर्फबाट सहभागीता,संस्थाको आयोजना र नेपाल रेडक्रस सोसाईटीको प्राबिधिक सहयोगमा रक्तदान कार्यक्रम संचालन गरिएको अध्यक्ष भण्डारीले जानकारी गराएका छन। प्रतिबेदन प्रस्तुत गर्दै अध्यक्ष भण्डारीले सामाजिक कार्य अन्तर्गत पशु खोप कार्यक्रम, समाज प्रति उत्तरदायी, प्राबिधिक तथा सीपमूलक तालिम, पर्व तथा उत्सव जस्ता कार्यक्रममा संस्थाको सहभागीता रहेको जानकारी गराएका थिए।
गौरादह ईकाइगत साधारणसभामा संस्थाका लेखा सुपरिवेक्षण समिति संयोजक गंगा प्रसाद संग्रौलाले लेखा प्रतिबेदन प्रस्तुत गर्दै संस्थाले आर्थिक बर्ष २०८०र०८१ मा ७६ करोड ७४ लाख ८४ हजार ४ सय ५८ बराबरको कुल कारोवार गरेको जानकारी गराएका थिए। कुल शेयर पुँजी ६ करोड ५१ लाख ७५ हजार रहेको संस्थाले गत आर्थिक बर्षमा ९३ लाख ३९ हजार ७ सय ६७ खुद बचत गरेको जानकारी गराएका थिए।
दमकमा प्रधान कार्यलय रहेर संस्था स्थापना भएदेखि २४ औं साधारणसभा सम्म आइपुग्दा डुँडामारी, गौरादह, उर्लाबारी, पथरी, कन्काई र मिक्लाजुङमा सेवा केन्द्र संचालनमा ल्याई सेवा दिई रहेको संस्थाका गौरादह सेवा केन्द्र प्रमुख सुभास निरौलाले जानकारी गराएका छन।कार्यक्रममा वडा नं-३ कि वडा सदस्य कल्पना अधिकारी समाज सेवी मदन अधिकारी लगायतले शुभकामना मन्तब्य राखेका थिए। संस्थाका गौरादह सेवा केन्द्र संयोजक भानुभक्त घिमिरेले स्वागत मन्तब्य राखेको कार्यक्रममा ब्यबस्थापक निलकण्ठ निरौलाले कार्यक्रम संचालन गरेका थिए।