काठमाडौं, १३ भदौ २०८१ । इजरायलले केयरगिभरका लागि लैजाने नेपाली कामदारको छनोट प्रक्रिया सम्पन्न गरेको छ।
बिहीबार जेरुसेलममा जनसंख्या तथा अध्यागमन प्राधिकरण (पिबा) ले गरेको गोलाप्रथा छनोट पारदर्शी र निष्पक्ष रुपमा सम्पन्न भएको नेपालस्थित इजरायली दूतावासले जनाएको छ।
छनौट कार्यक्रममा लाइभ भिडियो कन्फ्रेन्समार्फत् नेपालस्थित इजरायली दूतावासका प्रतिनिधि, परराष्ट्र मन्त्रालयका प्रतिनिधि, संचारकर्मी एवं सरोकारवालाहरूले समेत सहभागिता जनाएका थिए।
गोलाप्रथा ९लट्री० को माध्यमबाट २ हजार २ सय २ जना कामदार छनौट गरिएको हो।
नेपालस्थित इजरायली दूतावासका अनुसार छानिएकामध्ये १ हजार १ सय ९६ जना महिला र १ हजार ६ जना पुरुष रहेका छन्।
छनौट भएकाहरूको नाम छिट्टै सार्वजनिक हुने बताइएको छ। इजरायल जानका लागि चार हजार २४ जनाले आवेदन दिएका थिए।