Online Bichar
सोमबार, भाद्र २४, २०८१ | Monday, September 9, 2024

जेबि खड्का
गौरादह, १३ भदौ २०८१ । नेपालमा संचालनमा रहेका आप्रवासी स्रोतकेन्द्रहरुले बिदेशमा रोजगारी गर्न जाने र बिदेशमा समस्यामा परेका युवा,युवतीलाई सहयोग गरिरहेको छ।

वैदेशिक रोजगारलाई सुरक्षित र उपलब्धि मुलक बनाउन आप्रवासी स्रोत उपकेन्द्र गौरीगंजले नागरिकहरुलाई मनोपरामर्श दिने कार्य गरिरहेको छ। रोजगारीका लागि बिदेश जान चाहने युवा युवतीलाई वैदेशिक रोजगारीमा जानु पुर्ब तयारीका लागि परामर्श दिने गरेको छ।वैदेशिक रोजगारीका लागि मेनपावरमा राहदानी पेश गर्नु भन्दा पहिले ठगिमा नपर्न अपनाउनु पर्ने सावधानीका बिषयमा जानकारी गराउने गरेको छ।

ईलाका प्रशासन कार्यलय गौरीगंज सँगै रहेको आप्रवासी स्रोत उपकेन्द्र गौरीगंजले वैदेशिक रोजगारीमा जान चहने नागरिकहरुलाई सुचना तथा परामर्श, सीपका लागि सिफारिस, मनोसामाजिक परामर्श, बित्तिय साक्षरता लगायतका कक्षाहरु संचालन गर्दै आइरहेको छ। नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार संचालन भइरहेको संस्थाले नागरिकहरुलाई घरदैलो कार्यक्रम, न्यायमा पहुँच सम्बन्धि कार्य गरिरहेको छ। आर्थिक बर्ष २०८०/०८१ मा आप्रवासी स्रोत उपकेन्द्र गौरीगंजबाट वैदेशिक रोजगार सम्बन्धि ३ हजार ५ सय ६२ जनाले सेवा लिएको उपकेन्द्र प्रमुख ज्ञानु राजवंशीले जानकारी गराएकी छन।

आप्रवासी स्रोत उपकेन्द्र गौरीगंजमा सेवा लिन आउने सेवाग्राहीलाई सुचना तथा परामर्श, वैदेशिक रोजगार सम्बन्धि मुद्दाहरु, उद्धार कार्य, वैदेशिक रोजगारका पिडितलाई निशुल्क कानुनी सहायता, सीप तथा तालिम प्रदान, आर्थिक सहायता तथा क्षतिपूर्ति र उद्धारका लागि सहजीकरण, बितिय साक्षरता, स्वयंसेवकहरुबाट घरदैलो लगायतका क्षेत्रमा सहजीकरण गरेको प्रमुख राजवंशीले बताइन।गत आर्थिक बर्षमा १ हजार ५ सय १२ जनाले परामर्श लिएका छनभने कार्यलयमा ७० वटा वैदेशिक रोजगार सम्बन्धि मुद्दाहरु आएकामा ३७ वटा सफल भएको प्रमुख राजवंशीले बताइन। क्षतिपूर्ति माग गर्दै सहजीकरणका लागि आएकाहरुलाई वैदेशिक रोजगार बोर्डबाट ७ लाख, बिमाबाट १४ लाख, ब्याक्ती तथा मेनपावरबाट १४ लाख ३३ हजार ६ सय रुपैयाँ ठगी रकम असल उपर गरिएको प्रमुख राजवंशीले जानकारी गराएकी छन।

तपाईको प्रतिक्रिया