Online Bichar
सोमबार, भाद्र २४, २०८१ | Monday, September 9, 2024

जेबि खड्का
गौरादह, १० भदौ २०८१ । कोशी प्रदेशका मुख्य मन्त्री हिक्मत कुमार कार्कीले नागरिक स्तरमा बढ्दै गएको निराशालाई वर्तमान सरकारले निरुत्साहित बनाउने बताएका छन। गौरादह-५ जत्रुचौनको शान्ति चौकमा राधाकृष्ण मुर्ति अनावरण तथा प्राण प्रतिष्ठा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले आर्थिक उपार्जनमा कमी हुँदा आर्थिक चलायमान नहुदा नागरिकमा निराशा छाएको बताएका छन।

बर्तमान सरकार राष्ट्रिय एजेन्डाका बिषयमा एकताबद्ध भएकाले मुलुकमा सुशासन कायम राख्दै आर्थिक उपार्जनलाई चलायमान बनाउने धारणा राखेका थिए।संविधान संसोधन गरि संबिधानमा रहेका जटिलताबाट नागरिकलाई सहज बनाउन सरकारले सकारात्मक सोच बनाएको बताएका छन। मन्त्री कार्कीले प्रदेश भित्र रहेका धार्मिक संस्था, मठ मन्दिरलाई सहयोग गर्दै आएकाले यश मन्दिरलाई पनि सहयोग गर्ने प्रतिबद्धता ब्याक्त गरेका छन।

गौरादह-५ को जत्रुचौनमा २०७० सालमा स्थापना गरिएको राधेश्याम कृतन मण्डलीले भजन कृतन गर्दा केही रकम संकलन भएपछि राधाकृष्णको मन्दिर बनाउने अवधारणा बनाएका थिए। २०७५ सालमा कृतन मण्डलीका सदस्यहरुबाट रु १० हजार का दरले आर्थिक संकलन गरेपछि मन्दिर निर्माणको प्रक्रिया सुरु गरिएको थियो। मन्दिरको भौतिक संरचना निर्माण गरिएपछि कृष्ण जन्माष्टमीको अवसर पारेर राधाकृष्णको मुर्ति स्थापना गरि सोमबार प्राण प्रतिस्ठा गरिएको छ। बैधिक बिधिबाट प्राण प्रतिस्ठा गरिएको मुर्तिमा मुख्य मन्त्री कार्की र गौरादह न।पा। का मेयर छत्रपति सुवेदीले राधाकृष्ण मुर्तिको अनावरण गरेका थिए। मन्दिर स्थलमा तीन दिन अगाडि देखि बैधिक बिधिबाट प्राण प्रतिष्ठाको कार्य गरि कृष्ण जन्माष्टमीका दिन मुर्तिलाई भक्तजनहरुले बाजागाजा सहित स्कुलचौन बजार परिक्रमा गरि पुन मन्दिरमा आएर स्थापना गरिएको थियो।

त्यस अवसरमा मन्दिरका जग्गादाता १० जना, मुर्तिदात ३ जनाका साथै मन्दिर भवन निर्माणमा सामग्री सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको थियो। मन्दिर ब्यबस्थापन समिति का अध्यक्ष अमर बहादुर खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा सचिब देबेन्द्र खतिवडाले मन्दिरको गतिविधिका बारेमा जानकारी गराएका थिए।कार्यक्रममा गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदी उप मेयर जलवर्षा राजवंशी चौधरी, वडा नं.५ का वडाध्यक्ष जगन्नाथ खनाल लगायतले शुभकामना मन्तब्य राखेका थिए। मन्दिरका सल्लाहकार संयोजक ओम बहादुर खड्काले स्वागत मन्तब्य राखको कार्यक्रममा सह(सचिब रमेश खड्काले कार्यक्रम संचालन गरेका थिए।

तपाईको प्रतिक्रिया