Online Bichar
बिहिबार, जेठ ०२, २०८२ | Thursday, May 15, 2025

काठमाडौं, ९ भदौ २०८१ । रेमिट्यान्स कारोबार गर्ने पाँच वटा कम्पनी खारेजीको अन्तिम चरणमा पुगेका छन् । लाजिम्पाटस्थित राम्रो रेमिट प्रालि, गौशलास्थित ग्लोबल माउन्टेन रेमिट, दरबारमार्गस्थित संसार रेमिट, न्यूरोडस्थित ललित मनि ट्रान्सफर र अनामनगरस्थित माक्स मनि ट्रान्सफर प्रालि खारेजीको चरणमा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त यी रेमिट कम्पनीहरू नेपाल राष्ट्र बैंक, विप्रेषण विनियमावली, २०७९ (प्रथम संशोधनसहित) को विनियम १३ को उपविनियम (१०) को खण्ड (ङ) र सोही विनियमको उप–विनियम (११) को खण्डक (क) र (ग) बमोजिम स्वतः खारेज हुने देखिएकाले विप्रेषण कारोबारको सिलसिलामा देहायका कम्पनीहरूसँग कुनै व्यक्ति वा संघ–संस्थाले लेनदेन (विष्रेणसँग सम्बन्धि कारोबार मात्र) रकम बाँकी रहेको भए राफसाफ गरिसक्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

यस्तो कारोबार सूचना जारी भएको ३५ दिनभित्र राफसाफ गरिसक्ने र नभएको भए राष्ट्र बैंकलाई जानकारी गराउन समेत बैंकले सूचना जारी गरेको छ ।

तपाईको प्रतिक्रिया