Online Bichar
बुधबार, जेठ ०१, २०८२ | Wednesday, May 14, 2025

झापा, ८ भदौ २०८१ । झापाको गौरीगञ्जमा एक वृद्धको शव कुहिएको अवस्थामा फेला परेको छ। गौरीगञ्ज गाउँपालिका–३ स्थित कृपाल टोल निवासी राजेश सरवरिया मण्डलको घरमा बस्दै आएका अन्दाजी ७० वर्षीय दयानन्द सरवरिया मण्डलको शव शनिबार बिहान कुहिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरीका अनुसार घरको पूर्वपट्टि कदमको रुखमुनि रहेको ट्युबवेलमा उनको शव फेला परेको थियो। शव किरा परेर गन्हाउने अवस्थामा देखेर स्थानीयले इलाका प्रहरी कार्यालय गौरीगञ्जलाई खबर गरेका थिए। लगतै प्रहरी टोली घटनास्थल पुगेर शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि दमकतर्फ पठाइएको थियो।

घटनाको बारेमा प्रहरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। शवको अवस्था हेर्दा ४–५ दिन अगाडि मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ। मृतक दिनहुँ जाँड रक्सी खाएर हिँड्ने गरेको स्थानीयको भनाई छ।अन्नपूर्णपोष्टबाट

तपाईको प्रतिक्रिया