Online Bichar
बुधबार, बैशाख १७, २०८२ | Wednesday, April 30, 2025

झापा, ४ भदौ २०८१ । झापाको मेचीनगरमा बुवाले छोरालाई धारिलो हतियारले प्रहार गरी घाईते बनाएका छन् । मेचीनगर नगरपालिका-३ दोकानडाँडा बस्ने ५७ वर्षिय पुण्य प्रसाद दाहालले आफ्नै ३० वर्षिय छोरा डिल्लीराम दाहाललाई धारिलो हतियार प्रहार गरि घाइते बनाएका हुन् ।

मंगलबार ७ः१० बजेको समयमा खाना खाने विषयलाई लिएर बिवाद हुदा बुवाले एक्कासी धारिलो हतियार (दाउ) ले छोरालाई टाउकोको पछाडी भागमा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दाउ प्रहारबाट सामान्य चोट लागी घाईते भई उपचारको लागी स्थानिय मेडिकल दोकानडाँडामा उपचार भईरहेको, घाईतेको अवस्था सामान्य रहेको जनाइएको छ । दाउ र हतियार प्रहार गर्ने बुवालाई अस्थाई प्रहरी पोष्ट भृकुटीबाट खटिएको टोलिले नियन्त्रणमा लिई थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया