Online Bichar
शुक्रबार, बैशाख १२, २०८२ | Friday, April 25, 2025

विराटनगर, ३ भदौ २०८१ । हत्या आरोपमा प्रहरीले सुनसरीबाट एक जनालाई पक्राउ गरेको छ। सुनसरीको गढी गाउँपालिका-६ का ५० वर्षीया ज्ञानसन ऋषिदेवको घाटी काटेर हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो।

प्रहरीले नियन्त्रणमा लिएको आरोपितको नाम भने गोप्य राखेर अनुसन्धान सुरु गरेको छ। बिहान गढी गाउँपालिका २ थलाहामा ऋषिदेवको टाउको काटेर हत्या गरेको अवस्थामा शव भेटिएको थियो।

ऋषिदेवको घाटीदेखि मुनिका भाग एक ठाउँमा र टाउको अर्को ठाउँमा भेटिएको छ। प्रहरीले सुरुमा घाटी देखिको मुनिकव् भाग मात्र भेटेको थियो।

अनुसन्धान गर्दै गएपछि घाटीदेखि मुनिको भाग भेटिएको स्थानदेखि करिब ५० मिटर उत्तर पश्चिममा गढी २ गुजाइटोकीमा टाउको भेटिएको सुनसरी प्रहरीका प्रवक्ता डिएसपी नविनकृष्ण भण्डारीले जानकारी दिए।

 

तपाईको प्रतिक्रिया