Online Bichar
आइतबार, बैशाख ०७, २०८२ | Sunday, April 20, 2025

झापा, २ भदौ २०८१ । झापाको मंगलबारेमा अस्थाई प्रहरी पोष्टको स्थापना गरिएको छ । मंगलबारेको शान्ति सुरक्षाको अवस्थालाई सुदृढ बनाउन आईतबार बुद्धशान्ति गाँउपालिका वडा न.४ स्थितमाप्रहरी पोष्ट उद्घाटन गरिएको हो ।

प्रतिनिधि सभाका सदस्य विश्व प्रकाश शर्माको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला, जिल्ला प्रहरी कार्यालय झापाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक मिलन के.सी. तथा सुरक्षा निकायका प्रमुखहरु एवं स्थानिय जनप्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो । सो अस्थाई प्रहरी पोष्टमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा ४ जना प्रहरी परिचालन हुने भएका छन् ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया