झापा, ३० साउन २०८१ । झापामा सवारी दुर्घटनाबाट घाइते भएका २ जनाको उपचारको क्रममा मृत्यु भएको छ । मंगलबार ८ः३० बजेको समयमा मेचिनगर नगरपालिका-१३ कालिझोडा स्थित पुर्व पश्चिम हाईवेमा बिर्तामोडबाट चारआलि तर्फ आउदै गरेको मे.६ प. ८३२० नम्बरको मोटरसाईकलले पैदलयात्रीलाई ठक्कर दिई दुर्घट्ना हुँदा पैदलयात्री हाल नाम थर वतन नखुलेको अन्दाजी ३६ वर्षियको पुरुष मानिस घाईते भई उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
ठक्कर दिएको मोटरसाईकल अनियन्त्रित हुँदा उक्त मोटरसाइकलमा सवार सोही ठाउँको वडा नं. ९ बस्ने अन्दाजी वर्षिय मन्दिप मेचे र २५ वर्षिय सागर मेचे समेत घाइते भई सोही अस्पतालमा उपचार भइरहेकोमा सागर मेचेको उपचारको क्रममा आज मृत्यु भएको जनाइएको छ । सो सम्बन्धमा अनुसन्धान अधिकृतको टोली खटिई थप अनुसन्धान कार्य जारी रहेको जनाइएको छ ।