Online Bichar
शनिबार, बैशाख १३, २०८२ | Saturday, April 26, 2025

काठमाडौं, २८ साउन २०८१ । सेयर कारोबारमा दिनदिनै रेकर्ड ब्रेक हुन थालेको छ। कारोबार साताको दोस्रो दिन सोमबार नेप्से र कारोबार दुवैमा नयाँ रेकर्ड कायम भएको हो। सेन्सेटिभ इण्डेक्स १०.५६ अंकले बढेर ५१२.४७ विन्दुमा अडिएको छ।

नेप्से परिसूचक ७०.८१ अंकले बढेर २९३१.६५ विन्दुमा पुगेको छ भने २७ अर्ब माथिको सेयर कारोबार भएको छ। अघिल्लो कारोबार दिन आइतबार नेप्से २८६०.९१ विन्दुमा पुगेको थियो भने २५ अर्ब ७७ करोडको सेयर कारोबार भएको थियो।

आइतबारको तुलनामा आज परिसूचक र कारोबार दुवै बढी हो। यसदिन ३३९ स्क्रिप्सको ६ करोड ४८ लाख ७६ हजार २१७ कित्ता सेयर २७ अर्ब २४ करोड २० लाख ३४ हजार ७६५ रुपैयाँमा खरिदबिक्री भए। यसदिन १० कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

२७ अर्ब बढीको सेयर कारोबार भएको बजारमा कुथेली बुखारी हाइड्रोपावरका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो।

१ अर्ब २२ करोड ८० लाख ७२ हजार ४०३ रुपैयाँको सेयर कारोबार गरी हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा रह्यो। यसैगरी शिवम् सिमेन्टको ९२ करोड,नेपाल फाइनान्सको ८४ करोड,नेपाल इन्फ्रास्टक्चरको ७२ करोड र हिमालयन लाइफ इन्स्योरेन्सको ५७ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

कारोबारमा आएका १७१ स्टक्सको मूल्य बढ्दा ६८ वटाको घट्यो भने ३ वटाको कम्पनीको मूल्य स्थिर रह्यो। इन्भेस्टमेन्ट र मनु एन्ड प्रो समूहको उपसूचकबाहेक अन्यको सूचक सकारात्मक देखिएका छन्। यसदिन लाइफ इन्स्योरेन्सको सूचक सर्वाधिक ५।८५ प्रतिशतले बढ्यो।

 

तपाईको प्रतिक्रिया