Online Bichar
शुक्रबार, जेठ ०३, २०८२ | Friday, May 16, 2025

काठमाडौँ, २५ साउन २०८१ । उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जका न्यायधीश डाक्टर रत्नबहादुर बागचन्द उच्च अदालत पोखराको मुख्य न्यायधीशमा सिफारिस भएका छन्।

न्यायपरिषद्को आज बसेको बैठकले बागचन्दलाई मुख्य न्यायधीशमा नियुक्त गर्न सिफारिस गरेको हो। बैठकले देशभर रिक्त रहेका ३५ जना जिल्ला न्यायधीश पनि सिफारिस गरेको परिषद्का सहसचिव अशोककुमार क्षेत्रीले जानकारी दिए।

यसअघि जिल्ला न्यायाधीशका लागि लिइएको परीक्षामा कम परीक्षार्थी पास भएपछि रिक्त ३५ पदमा न्यायपरिषद्ले सिफारिस गरेको हो। सिफारिस हुनेमा न्याय सेवाका कर्मचारी, सरकारी वकिल समूह र कानुन सेवाका कर्मचारी छन्। सिफारिस भएका न्यायाधीशहरूलाई परिषद्ले नै विभिन्न जिल्लामा पदस्थापन पनि गर्ने व्यवस्था छ।

उच्च अदालत पोखराका न्यायधीश राजनप्रसाद भट्टराईलाई वीरगञ्जमा सरुवा गरेको परिषद् बैठकले जिल्ला अदालतका २१ न्यायधीशहरूको पनि सरुवा गरेको छ।

 

तपाईको प्रतिक्रिया