काठमाडौं, २५ साउन २०८१ । सार्वजनिक खरिद अनुगमनको कार्यालयले विभिन्न निर्माण कम्पनी र आपूर्ति व्यवसायीलाई कालोसूचीमा राखेको छ।
शुक्रबार सूचना प्रकाशन गर्दै कार्यालयले विभिन्न विभाग र कार्यालयहरूको सिफारिसका आधारमा २० भन्दा बढी निर्माण कम्पनी र आपूर्ति व्यवसायीहरूलाई कालोसूचीमा राखेको हो। कालोसूचीमा पर्नेमा एउटा भारतीय निर्माण कम्पनी पनि छ।
भारत देहरादुनको भारत कन्स्ट्रक्सन पी.पी.सी.एल र त्यसका सञ्चालक राजिव गुर्गालाई तीन वर्षका लागि कालोसूचीमा राखिएको छ।
त्यस्तै सिद्धीसाइ प्रकाश कन्स्ट्रक्सन क्षेत्रपाटी र त्यसका प्रमुख व्यक्ति दिपेन्द्र बहादुर शाही पनि तीन वर्षका लागि कालोसूचीमा परेका छन्।
अन्य विभिन्न कम्पनी र आपूर्तिकर्ता तथा त्यसका मुख्य व्यक्तीहरू डेढ देखि तीन वर्षसम्मका लागि कालोसूचीमा परेका छन्।
कालोसूची परेकाहरूले कालोसूचीमा राखिएको अवधीभर सार्वजनिक निकायको कुनैपनि खरिद कारबाहीमा भाग लिन नसक्ने कार्यालयले जनाएको छ।