Online Bichar
बुधबार, माघ ०८, २०८२ | Wednesday, January 21, 2026

काठ्माडौं, २३ साउन २०८१ । बजारमा दाल तथा गेडागुडीको मूल्य बढेको छ। सरकारले दाल तथा गेडागुडीमा १० प्रतिशत अग्रिम कर लगाएसँगै मूल्य बढेको हो। बजारमा मुसुरो, मास, रहर, मुगी, चना लगायतका दाल पाइन्छ।

अहिले यी सबै प्रकारको दालको मूल्य प्रतिकिलो दश रूपैयाँले बढेको बानियाँटार स्थित एक किराना पसल व्यवसायी विनिता सुवालले जानकारी दिइन्।

‘एक सातादेखि मूल्य बढेको छ,’ उनले भनिन्।

मूल्य बढेसँगै मुसुरो दाल प्रतिकिलो एक सय ६०, रहर दाल तीन सय, मुगी एक सय ८० र कालो मासको मूल्य दुई सय २० रूपैयाँ छ। दालसँगै अन्य गेडागुडीको मूल्य पनि बढेको छ।

सरकारले चालू आर्थिक वर्षको बजेटमा दाल तथा गेडगुडीमा कर लगाएको हो। गत जेठ १६ बाटै कर लगाएता पनि यसको असर भने अहिले देखिन थालेको छ।

‘पहिले मौज्दात थियो मूल्य बढेको थिएन। अहिले नयाँ सामान आएसँगै मूल्य बढेर आएको छ,’उनले भनिन्।

तपाईको प्रतिक्रिया