Online Bichar
बिहिबार, जेठ ३०, २०८२ | Thursday, June 12, 2025

झापा, १६ साउन २०८१ । झापामा लागुऔषध मुद्दामा पक्राउ परेका थुनुवाको उपचारको क्रममा मृत्यु भएको छ । मेचिनगर नगरपालिका-७ पालिया टोल बस्ने २८ वर्षिय झक बहादुर खड्काको मृत्यु भएको हो ।

यहि साउन १३ गते मेचिनगर नगरपालिका-६ पुरानो मेचिपुलबाट खड्काको साथबाट प्रहरीले ५ ग्राम खैरो हेरोइन बरामद गरी आवश्यक कानुन कारवाहीको लागि सोही दिनबाट लागु हुने गरि लागुऔषध मुद्दामा झापा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरि इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान कार्य भइरहेकोमा आज बिहान १ः४० बजेको समयमा स्वास्थ्य असहज भई तत्काल आम्दा अस्पताल धुलाबारी झापा लगिएकोमा उपचारको क्रममा १ः५५ बजे खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सो सम्बन्धमा थप आवश्यक कानुनी प्रकृया भइरहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया