Online Bichar
शनिबार, बैशाख ०६, २०८२ | Saturday, April 19, 2025

जेबि खड्का

गौरादह, १५ साउन २०८१ । गौरादह जेसीजले १२ औं स्थापना दिवसका अवसरमा एक विद्यार्थीको अभिभावकत्व ग्रहण गरेको छ। जेसीजले बिगत बर्ष देखि गौरादह नगरपालिका वडा नं.४ मा रहेको डोरामारी मा.बि. मा अध्ययन गर्दै आएका विद्यार्थी अर्जुन पोख्रेलको अभिभावकत्व ग्रहण गर्दै आएको थियो। आर्थिक अवस्था कमजोर भएका, बुवा आमाको माया ममता नपाई मामली हजुरबुबा हजुरआमा सँग बस्तै आएका पोख्रेल अहिले कक्षा ८ मा अध्ययन गरिरहेका छन।

आर्थिक अवस्था कमजोर भई अध्ययन गर्न समस्यामा परेका पोख्रेललाई गौरादह जेसीजले बिगत ३ बर्ष देखि अभिभावकत्व ग्रहण गरि अध्ययनका लागि आवश्यक सामग्री दिएर अभिभावकको जिम्मेवारी प्रदान गरिरहेको छ। जेसीजले १२ औं स्थापना दिवसको अवसरमा बिद्यार्थी पोख्रेललाई एक बर्षका लागि आवश्यक पर्ने सामग्री लुगा कपडा, पाठ्यसामग्री, सरसफाइका सामग्री हस्तान्तरण गरेको छ। युवा समुदायमा बढ्दै गएको लागु औषध दुर्व्यसनीबाट मुक्त राख्न केही समय अगाडि विभिन्न स्थानमा प्रदर्शन गरिएको सुरुङ नाटकमा अभिनय गरेका कलाकारलाई प्रमाणपत्र बितरण गरेको थियो। पछिल्लो समयमा लागुऔषधको क्षेत्रमा युवा समुदायमा दुर्व्यसनी बढ्दै गएको गुनासो आएपछि जेसीजको आयोजनामा नियन्त्रणका लागि नाटक प्रदर्शनको माध्यम अपनाएको थियो। लागुऔषध दुर्व्यसनी नियन्त्रणकालागि जेसीजले गौरादह नगरपालिका भित्रका सुरज शिक्षा प्रतिष्ठान गौरीगंज गाउँपालिकामा गौरीगंज मा.बि. मा बिद्यार्थी र स्थानीय बासिन्दा सहित २ पटक र आरोहण गुरुकुल बिराटनगरमा प्रदर्शन गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि सिस्नोपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नाङ्गेले कार्यक्रमको उद्घाटन गर्दै समस्याको निराकरणका लागि कलाकारहरुले निर्वाह गरेको भुमिका अतुलनिय रहेको धारणा राखेका थिए। गौरादह जेसीज बर्ष २०२४ का अध्यक्ष खड्ग बहादुर थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा सुरुङ नाटकका निर्देशक भरत गुरागाँई बर्बरिक, गौरादह साना किसान कृषि सहकारी संस्था अध्यक्ष तुलशा भुजेल, डोरामारी मा.बि. का प्रधानाध्यापक होम कुमार बराल दमक जेसीज अध्यक्ष रामचन्द्र अधिकारी लगायतले शुभकामना मन्तब्य राखेका थिए। गौरादह जेसीज बर्ष २०१७ का अध्यक्ष क्रान्तिदिप काफ्लेलेको कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए। गौरादह जेसीज उपाध्यक्ष डेनिस कडरियाले जेसीज आस्थापाठ बाचन गरेका थिए। गौरादह जेसीजका उपाध्यक्ष अनिता कडेलको संयोजकत्वमा सम्पन्न कार्यक्रममा महासचिव ध्रुब अधिकारीले कार्यक्रम संचालन गरेका थिए।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया