Online Bichar
बुधबार, बैशाख १७, २०८२ | Wednesday, April 30, 2025

काठमाडौं, ९ साउन २०८१ । जहाज दुर्घटनापछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ। बुधबार बिहान ११ बजेतिर सौर्य एयरलाइन्सको विमान दुर्घटना भएपछि विमानस्थल बन्द गरिएको थियो। विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको छ। उद्दारको काम सकिएपछि विमानस्थल सञ्चालनमा आएको हो।

विमानस्थल बन्द भएपछि बाहिरबाट आएका जहाजहरूलाई डाइभर्ट गरिएको थियो। बुधबार बिहान मर्मतका लागि काठमाडौंबाट पोखरा जाँदै गरेको सौर्य एयरलाइन्सको विमान उड्ने क्रममा दुर्घटनामा परेको थियो।

विमानमा दुईजना क्रू मेम्बरसहित १९ जना सवार रहेको क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिएका छन्। पाइलट मनिष शाक्यको उद्दार गरी उपचारका लागि सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ।

जहाज धावन मार्गबाट  0-2 बाट उडेको थियो। पाँच सयको फिटको उचाइमा पुगेको जहाजलाई देव्रेतिर मोड्ने क्रममा दुर्घटना भएको हो।

तपाईको प्रतिक्रिया