Online Bichar
बुधबार, माघ ०८, २०८२ | Wednesday, January 21, 2026

बुटवल, ८ साउन २०८१ । सडक भासिएपछि सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-पाल्पा सडकखण्डको यात्रा जोखिम बनेको छ। बुटवल–पाल्पा खण्ड अन्तर्गत तिनाउ गाउँपालिका वडा नं. ५ हिउँदे खोलामा सडक भासिएको हो।

निरन्तरको वर्षाले छेउतर्फको झण्डै ६० मिटर सडक भासिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ।

दुई वर्ष अगाडिको वर्षामा पनि यही स्थानमा सडक भासिएको थियो। त्यतिबेला सडक तलबाट डिल उठाएर मर्मत गरिएको भए पनि अहिले पुनस् सोही स्थानमा सडक भासिएको हो। पटकरपटक एकै स्थानमा सडक भासिँदा यात्रुहरू जोखिम मोलेर यात्रा गर्न बाध्य छन्।

बुटवलबाट पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा, बाग्लुङ, पर्वत लगायतका स्थानमा जाने र त्यहाँबाट बुटवलका लागि दैनिक ४ हजार बढी साना ठूला सवारी साधन यही सडक भएर आवतजावत गर्ने गर्छन्।

सडक भासिएपछि यात्रा गर्न जोखिम भएको यात्रुहरूको गुनासो छ। जिल्ला प्रहरी कार्यालाय पाल्पाले छिनछिनमा पानी परिरहने क्रम रहिरहेको र तल्लो भाग भासिने र माथिल्लो भागबाट पहिरो झर्ने जोखिम रहेकोले सावधानी अपनाएर मात्र यात्रा गर्न आग्रह गरिएको छ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले सडक भासिएपछि तत्कालको लागि डाइभर्सन निर्माण गरिएको जानकारी दिए।

तपाईको प्रतिक्रिया