Online Bichar
शनिबार, बैशाख ०६, २०८२ | Saturday, April 19, 2025

काठमाडौँ, ८ साउन २०८१ । स्वास्थ्य मन्त्रालयले देशभर गुड्ने एम्बुलेन्सको रङ, साइरन र अन्य संकेतहरू ल्याउने तयारी अघि बढाएको छ। राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ को दफा १५ ले निर्देशित गरेको मापदण्डमा एकरूपता नआएको भन्दै यस्तो तयारी गरेको हो।

मन्त्रालयले सबै प्रदेश तथा जिल्लाहरूलाई गराएको जानकारी पत्रमा भनिएको छ‚ ‘देशभर रहेका सबै एम्बुलेन्सको रङ, साइरन तथा एम्बुलेन्समा प्रयोग हुने अन्य संकेत समेतमा एकरूपता ल्याउन राष्ट्रिय एम्बुलेन्स निर्देशिका, २०७८ को दफा १५. ले निर्देशित गरेको मापदण्डमा एकरूपता नआएको भन्ने जनगुनासो आइरहेको सम्बन्धमा राष्ट्रिय एम्बुलेन्स व्यवस्थापन समितिबाट एम्बुलेन्स सञ्चालनको अनुमति लिएका एम्बुलेन्सहरूले निर्देशिकाको दफा १५. बमोजिमको मापदण्ड पूरा गरेको अवस्थामा मात्र सबै जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिले नवीकरणका लागि प्रादेशिक एम्बुलेन्स व्यवस्थापन समितिमा सिफारिस गर्ने र प्रादेशिक एम्बुलेन्स व्यवस्थापन समितिले समेत निर्देशिकाको दफा १५. ले तोकेको मापदण्ड पूरा गरेको अवस्थामा मात्र एम्बुलेन्स सञ्चालन अनुमति नवीकरण गर्ने व्यवस्थालाई कडाइका साथ लागू गर्नु हुन निर्देशानुसार अनुरोध छ।’

सो सम्बन्धमा मन्त्रालयले सातै प्रदेशको प्रादेशिक एम्बुलेन्स व्यवस्थापन समिति र ७७ वटै जिल्लामा रहेको जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिलाई पत्राचार गर्दै निर्देशिकामा उल्लिखित मापदण्डहरू पालना गराउन भनेको छ।

पत्रमा तोकेको मापदण्ड पूरा गरेको अवस्थामा मात्र एम्बुलेन्स सञ्चालन अनुमति नवीकरण गर्ने व्यवस्था गर्न भनिएको छ ।

तपाईको प्रतिक्रिया