Online Bichar
सोमबार, माघ २८, २०८१ | Monday, February 10, 2025

काठमाडौं, ४ साउन २०८१ । त्रिशूलीमा बेपत्ता भएका दुई वटा डिलक्स बसका यात्रुमध्ये २४ जनाको शव भेटिएको छ । तीमध्ये दुई जनाको शव भारतस्थित पश्चिम चम्पारणमा भेटिएको छ । भारतीय सीमा सुरक्षा बलसँग समन्वय गरेर दुई जना पुरुषको शव नेपाल तर्फ ल्याएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई बताए ।

असार २८ मा चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स त्रिशूलीमा खसेका हुन् ।

सशस्त्र प्रहरीका अनुसार ९ जनाको सनाखत हुन सकेको छैन । ७ जना पुरुष र दुई जना महिलाको शव सनाखत गर्ने प्रयास भइरहेको डीएसपी थापाले बताए ।

सनाखत भएका शवको विवरण:

१. ऋषिपाल शाह, भारत

२. विकाश परियार, चितवन

३.रमितकुमार माझी, सर्लाही

४.जयप्रकश ठाकुर, भारत

५.सजाद अन्सारी, भारत

६. सुदिप बिक, चितवन

७. प्रमानन्द पण्डित, बारा

८. किशोरकुमार चौधरी, गणपति डिलक्सको चालक ।

९. अशोककुमार यादव, रौतहट

१०. ऋषिकुमार सिंह, रौतहट

११. विवेक कुमार, भारत

१२. जितेन्द्रराम महरा, सर्लाही

१३. चन्द्रप्रभा कुमारी, पर्सा

१४. अमृता कुमारी, रौतहट ।

१५. तुल्सी दास, रौतहट यमुनामाई गाउँपालिका–५ ।

 

तपाईको प्रतिक्रिया