Online Bichar
शनिबार, माघ ०४, २०८२ | Saturday, January 17, 2026

काठमाडौँ, ३ साउन २०८१ । स्थानीय बजारमा सुनको मूल्य आज तोलामा रु तीन सयले घटेको छ। बुधबार प्रतितोला रु एक लाख ४९ हजार आठ सयमा कारोबार भएको छापावाला सुन आज रु एक लाख ४९ हजार पाँच सय निर्धारण भएको छ। बुधबार सनुको मूल्यले नयाँ कीर्तिमान कायम गरेको थियो।

बुधबार प्रतितोला रु एक लाख ४९ हजार एक सयमा कारोबार भएको तेजाबी सुन आजका लागि भने रु एक लाख ४८ हजार आठ सय निर्धारण भएको छ। त्यस्तै चाँदीको मूल्य तोलामा रु ३५ ले घटेको छ।

बुधबार प्रतितोला रु एक हजार आठ सय ९५ मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार आठ सय ६० निर्धारण भएको छ।

 

तपाईको प्रतिक्रिया