Online Bichar
सोमबार, आषाढ ३२, २०८१ | Monday, July 15, 2024

बुटवल, ६ असार २०८१ । रुपन्देही बुटवलको मिलन चोकमा रहेको डेल्टा मार्टमा आगलागी भएको छ । बिहीबार मार्टमा आगलागी हुँदा खेलकुद र स्टेसनकारीका सामानहरू जलेर नष्ट भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दुई वटा दमकल, स्थानीय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणको प्रयास भइरहेको बताएको छ ।

आगलागी नियन्त्रणका लागि रुपन्देहीका ५ वटा दमकल आगलागी स्थलमा पुगेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी मनोहल भट्टले जानकारी दिए । उनले आगलागीको कारण र क्षतिबारे अनुसन्धान भइरहेको बताए ।

 

तपाईको प्रतिक्रिया