Online Bichar
सोमबार, आषाढ ३२, २०८१ | Monday, July 15, 2024

झापा, ६ असार २०८१ । झापाको दमकमा रतुवा पुल छेउमा एक मानिसको शव फेला परेको छ । बिहिबार (आज) बिहान अन्दाजी ८ बजेको समयमा दमक नगरपालिका-७ स्थित रतुवा पुल छेउमा दमक-१ सरस्वती टोल बस्ने बर्ष ५३ वर्षिय मोहन रामदाम (बि.क.) को शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मृतक विकलाई रतुवा खोलाले बगाई ल्याईरहेको अवस्थामा स्थानियले देखी तत्काल खोलाबाट बाहिर किनारमा निकाली हेर्दा मृत्यु भईसकेको भन्ने खवर स्थानिय मार्फत इलाका प्रहरी कार्यालय दमकमा खवर प्राप्त हुनासाथ थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागी प्रहरीको टोली त्यस तर्फ टोली खटिएको जनाइएको छ । सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया