Online Bichar
सोमबार, आषाढ ३२, २०८१ | Monday, July 15, 2024

काठमाडौं, ४ असार २०८१ । प्राध्यापक तथा शिक्षकहरूको विवादका कारण त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ (टुटा) को निर्वाचन फेरि स्थगित हुने सम्भावना बढेको छ ।

निर्वाचन समितिले असार ७ र ८ गते अधिवेशन तोक्दै कार्यतालिका सार्वजनिक गरिसकेको छ । तर प्रतिनिधि छनोटको विवाद अझै कायम रहेकाले निर्धारित मितिमा निर्वाचन हुनसक्ने सम्भावना कम रहेको प्राध्यापकहरू बताउँछन् ।

किनकि पछिल्लो समय यो विवादले पटक(पटक अधिवेशन प्रभावित भएको छ । तीन वर्षे कार्यकाल हुने केन्द्रीय समितिले २०७५ यता निर्वाचन गराउन सकेको छैन ।

वैचारिक संघहरूको कारण करिब ६ वर्षदेखि निर्वाचन हुन नसकेको प्राध्यापकहरू बताउँछन् । त्रिवि प्राध्यापक संघका अध्यक्ष वसन्त ढकाल विगत दुई वर्षदेखि चुनाव गराउन भनेर लागिरहे पनि विवादका कारण रोकिरहेको बताउँछन् ।

 

तपाईको प्रतिक्रिया