Online Bichar
मंगलबार, साउन ०१, २०८१ | Tuesday, July 16, 2024

झापा, ४ असार २०८१ । अविरल वर्षाका कारण झापाका विभिन्न पालिकाहरु डुबान भएका छन् । हिँजो र आज गरी झापा गाउपालिका-६ स्थित युवा टोलमा बस्ने विभिन्न मानिसहरुको टाटी बेराले बनेको टिनको छानो भएको एक तल्ले घरमा बिरिङ खोलाको पानी पस्दा अन्दाजि ३ फिट डुबान भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

अविरल वर्षाका कारण झापा गाउपालिका६ युवाटोल बस्ने दिपक आचार्य ( परिवार संख्या ७ जना) सोही ठाउँ बस्ने सिता दुलालको परिवार संख्या ४ जना, प्रदिप सिंहको परिवार सख्या ३ जना र नविन बराईलिको परिवार संख्या ४ जना विस्थापित भई सोही ठाउँ बस्ने केदार श्रेष्ठको खालि घरमा स्थान्तरण गरीएको प्रहरीले जनाएको छ ।

यस्तै लगातार ३ दिनसम्म परेको पानीले माई खोलामा आएको बाढीले झापा गाउँपालिका२ सुगाबथान टोल नजिकमा स्थानीय मानिसहरुले अन्दाजी ५० बिघामा लगाएको मकै खेतीमा पानी पसेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आज आएको भारी वर्षासँगै परेको चट्याङले झापा गाउँपालिका-३ गौरिगाउँ स्थित धन प्रसाद पौडेलको २ विघा खेतको परालमा आगलागी हुँदा अन्दाजी २० हजार मूल्य बराबरको क्षति भएको छ । यस्तै अविरल वर्षाका कारण बिर्तामोड नगरपालिका-८ स्थित चन्द्रगढी बिर्तामोड सडक खण्डको हर्चना देखि प्याकुलेर सम्मको सडक खण्डमा गाडिएको बिजुलीको १० वटा पोल ढलेकसाो प्रहरीले जनाएको छ । जस मध्ये एउटा पोल सोही ठाउँ बस्ने नारायण श्रेष्ठको पक्की घरमा कोल्टि अड्केको , १ वटा पोल सोही ठाउँ बस्ने कृष्ण श्रेष्ठको पक्की घरमा कोल्टि अड्केको र ८ वटा पोल कामेश्वर श्रेष्ठको चिया बगानमा ढलेको छ । उक्त पोलमा जडित बिर्तामोड नगरपालिका बाट प्राप्त ५ ओटा सिसि क्यामेरा समेत पोल ढल्न गई खराब भएको जनाइएको छ ।

यस्तै, आज बिहान अन्दाजी ३ बजेको समयमा मेचिनगर नगरपालिका१५ कालिका झार स्थितमा हावाहुरी सहित आएको चट्याङले लागेर २१ वर्षिया रजिता हस्दा घाइते भएकी छिन् । घाइते हस्दालाई उपचारको लागि प्रादेशिक हस्पिटल भद्रपुर पठाइएको छ । यस्तैगरी, आज बिहान आएको अविरल वर्षाका कारण कचनकबल गाउपालिका-५ खुट्टागंज स्थितमा बस्ने मानिसहरुको टाटी बेराले बनेको टिनको छानो भएको एक तल्ले घरमा अन्दाजि २ फिट पानी पसि डुबान भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । अविरल वर्षाका कारण कचनकबल गाउपालिका-५ खुट्टागंज बस्ने श्रीमला देवि राजवंशीको परिवार संख्या १ जना जोखिममा, कार्तिक राजवंशीको परिवार संख्या ५ जना जोखिममा, संजय राजवंशीको परिवादर संख्या ४ जना जोखिममा, कुञ्जि राजवंशीको परिवार संख्या ३ जना पुर्ण रुपमा विस्थापित भई सोही वडाका वडा सदस्य प्रभा राजवंशीकोमा गएर बसेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया