Online Bichar
सोमबार, आषाढ ३२, २०८१ | Monday, July 15, 2024

४ असार २०८१ । झापाको कमल गाउँपालिकामा टिपर र बस एक आपसमा ठोक्किएर दुर्घटना हुँदा घाइते सबै यात्रुहरुको पहिचान खुलेको छ । आज(मंगलबार) बिहान अन्दाजी ७ः१५ बजेको समयमा कमल गाउँपालिका-४ चुलाचुली मोड स्थित राजमार्गमा झिलझिलेबाट दमकतर्फ आउदै गरेको बा३ ख २१६६ न. को टिपर र बिपरित दिशा तर्फबाट जादै गरेको को १ ख ५०८७ न.को यात्रु बस एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा बसमा सवार २१ जना यात्रुहरु घाइते भएका थिए ।

सवारी दुर्घटनामा परी घाइते हुनेहरुमा कमल गाउँपालिका-४ कि ३८ वर्षिया बिनु लिम्बु ( देब्रे पाता र खुट्टामा चोट-अवस्था मध्यम, लाईफ लाईन अस्पताल दमकमा सामान्य उपचार पश्चात थप उपचारको लागी बिएण्डसी अस्पताल बिर्तामोड रेफर, दमक नगरपालिका-५ का ४२ वर्षिय कलिन्द्र शेर्मा ( घाटीमा चोट, अवस्था मध्यम, लाईफ लाईन अस्पताल दमकमा सामान्य उपचार पश्चात थप उपचारको लागी बिएण्डसी अस्पताल बिर्तामोड रेफर, मोरङ मधुमल्ला-८ बस्ने ३६ वर्षिया कल्पना कटुवाल( टाउकोमा चोट, अवस्था बोल्न नसक्ने गम्भिर- दमक रिसर्च सेन्टर दमकमा सामान्य उपचार पश्चात थप उपचारको लागी न्युरो अस्पताल बिराटनगर रेफर, उनकै छोरा नामथर नखुलेको अन्दाजी ५ वर्षिय बालक ( टाउको र गालामा चोट, अवस्था बोल्न नसक्ने गम्भिर) दमक रिसर्च सेन्टर दमकमा सामान्य उपचार पश्चात थप उपचारको लागी न्युरो अस्पताल बिराटनगर रेफर, मोरङ पथरी शनिश्चरे नगरपालिका-१ कि ४० वर्षिया पुर्णमाया पोखरेल( टाउकोमा चोट, अवस्था बोल्न सक्ने मध्यम, दमक रिसर्च सेन्टर दमकमा सामान्य उपचार पश्चात थप उपचारको लागी न्युरो अस्पताल बिराटनगर रेफर, दमक नगरपालिका वडा नं.८ बस्ने ५१ वर्षिय होम बहादुर भट्टराई( टाउकोमा चोट-अवस्था बोल्न सक्ने मध्यम, दमक रिसर्च सेन्टर दमकमा सामान्य उपचार पश्चात थप उपचारको लागी न्युरो अस्पताल बिराटनगर रेफर, सुनसरी ईटहरी उपमहानगरपालिका-५ बस्ने ३८ वर्षिया शारदा खड्का( टाउको र अनुहारमा चोट, अवस्था बोल्न नसक्ने गम्भिर, दमक रिसर्च सेन्टर दमकमा सामान्य उपचार पश्चात थप उपचारको लागी न्युरो अस्पताल बिराटनगर रेफर, दमक नगरपालिका-५ बस्ने ४५ वर्षिय अच्युत निरौला( नाक र निधारमा चोट, अवस्था बोल्न सक्ने मध्यम( दमक रिसर्च सेन्टर दमकमा सामान्य उपचार पश्चात थप उपचारको लागी न्युरो अस्पताल बिराटनगर रेफर, कमल गाउपालिका वडा नं.(५ बस्ने ३८ वर्षिया लिला चौहान( हात खुट्टामा चोट, अवस्था बोल्न सक्ने सामान्य, दमक रिसर्च सेन्टर दमकमा सामान्य उपचार पश्चात थप उपचारको लागी न्युरो अस्पताल बिराटनगर रेफर, दमक नगरपालिका-१ बस्ने ३५ वर्षिय राजु कडरिया( बाया गालामा चोट, अवस्था बोल्न सक्ने सामान्य, दमक रिसर्च सेन्टर दमकमा सामान्य उपचार पश्चात थप उपचारको लागी निम्स अस्पताल दमक रेफर,
गौरादह नगरपालिका वडा-४ बस्ने ३० वर्षिय दुर्गा बहादुर श्रेष्ठ( टाउकोमा चोट, अवस्था बोल्न सक्ने मध्यम, दमक रिसर्च सेन्टर दमकमा सामान्य उपचार पश्चात थप उपचारको लागी निम्स अस्पताल दमक रेफर, मोरङ उर्लाबारी नगरपालिका-७ बस्ने ५० वर्षिय कृष्ण कुमार तामाङ( दाहिने खुट्टामा चोट, अवस्था बोल्न सक्ने सामान्य, दमक रिसर्च सेन्टर दमकमा उपचार हुँदै, दमक नगरपालिका-८ बस्ने ६५ वर्षिय भरत ढकाल( नाक र दाहिने हातमा चोट, अवस्था बोल्न सक्ने सामान्य, दमक रिसर्च सेन्टर दमकमा उपचार हुँदै, दमक नगरपालिका-१ बस्ने ४६ वर्षिया बबिता राई( टाउकोमा र छातीमा चोट, अवस्था बोल्न सक्ने मध्यम-दमक अस्पताल दमकमा उपचार हुँदै, दमक नगरपालिका-४ बस्ने ३० वर्षिया भारती मगर( नाक र दाहिने खुट्टामा चोट- अवस्था बोल्न सक्ने सामान्य) लाईफ लाईन अस्पताल दमकमा उपचार हुँदै, कमल गाँउपालिका५ बस्ने ४० वर्षिय लक्ष्मी सुब्बा( मुखमा चोट- अवस्था बोल्न सक्ने सामान्य-लाईफ लाईन अस्पताल दमकमा उपचार हुँदै ।
बिर्तामोड नगरपालिका वडा नं. ४ बस्ने २१ वर्षिय कर्ण बहादुर राजबंशी( टाउकोमा सामान्य चोट, अवस्था बोल्न सक्ने सामान्य-लाईफ लाईन अस्पताल दमकमा उपचार हुँदै, भोजपुर ट्याम्केमैयुम गाँउपालिका-४ बस्ने ४५ वर्षिया चरित्र राई( देब्रे पातो भाच्चिएको, खुट्टामा सामान्य चोट( अवस्था बोल्न सक्ने सामान्य-लाईफ लाईन अस्पताल दमकमा उपचार हुँदै, मोरङ पथरी शनिश्चरे नगरपालिका-१ बस्ने ६५ वर्षिय टंक प्रसाद चुडाल( मुखमा चोट-अवस्था बोल्न सक्ने सामान्य-लाईफ लाईन अस्पताल दमकमा उपचार हुँदै, छोरी १५ वर्षिया क्याटरिना चुडाल( टाउकोमा सामान्य चोट- अवस्था बोल्न सक्ने सामान्य-लाईफ लाईन अस्पताल दमकमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

तपाईको प्रतिक्रिया