Online Bichar
सोमबार, आषाढ ३२, २०८१ | Monday, July 15, 2024

४ असार २०८१ । झापाको कमल गाउँपालिकामा टिपर र बस एक आपसमा ठोक्किएर दुर्घटना हुँदा २१ जना यात्रु घाइते भएका छन् । आज(मंगलबार)बिहान अन्दाजी ७ः१५ बजेको समयमा कमल गाउँपालिका-४ चुलाचुली मोड स्थित राजमार्गमा झिलझिलेबाट दमकतर्फ आउदै गरेको बा३ ख २१६६ न. को टिपर र बिपरित दिशा तर्फबाट जादै गरेको को १ ख ५०८७ न.को यात्रु बस एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा बसमा सवार २१ जना यात्रुहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घाईतेहरुलाई उपचारको लागी दमक रिसर्च सेन्टर अस्पताल दमकमा ११ जना लाईफलाईन अस्पताल दमकमा ९ जना र दमक अस्पतालमा १ जना पठाईएको प्रहरीले जनाएको छ । घाईतेहरुको नामथर वतन सहितको बिवरण बुझ्ने कार्य भईरहेको जनाइएको छ । बस चालक उदयपुर त्रियुगा नगरपालिका-३ का ४५ वर्षिय अशोक बोट र टिपर चालक धनुषा गणेशमान नगरपालिका-५ बस्ने ३४ वर्षिय शेर बहादुर राई इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेको जनाइएको छ । सो सम्बन्धमा थप अनुसपसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ । बस र टिपर घटनास्थलमै रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया