Online Bichar
मंगलबार, साउन ०१, २०८१ | Tuesday, July 16, 2024

झापा, ३ असार २०८१ । झापामा अविरल वर्षासँगै परेको चट्याङ लागेर २ वटा राँगाको मृत्यु भएको छ । सोमबार(आज)बिहान अन्दाजी ४ बजेको समयमा पानीसँगै परेको चट्याङले मेचिनगर नगरपालिका-३ भावना टोल बस्ने योगेन्द्र भट्टराईको गोठमा बाँधी राखेको २ वटा राँगाको मृत्यु भएको हो ।

उक्त बारे प्रहरीले बुझ्दा १ लाख ५० हजार मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उक्त चट्याङमा परी मानवीय क्षति केही नभएपनि एउटा माउ भैंसीको देब्रे पट्टिको करङमा सामान्य चोट लागेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया