Online Bichar
सोमबार, आषाढ ३२, २०८१ | Monday, July 15, 2024

झापा, ३१ जेठ २०८१ । पूर्व शिक्षक तथा पुराना पत्रकार नेत्र पाठकको निधन भएको छ । बिर्तामोड-४ निवासी पाठकको ७२ वर्षको उमेरमा आज बिहान ९:३० बजे निधन भएको हो । उनी लामो समयदेखि अस्वस्थ्य रहेका थिए । नेपाल शिक्षक संगठनको नेतृत्वदायी भूमिकामा रहेका पाठकले पत्रकारिता पनि गरेका थिए । उनी प्रेस चौतारी झापाका संस्थापक अध्यक्ष हुन् ।

दम, निमोनिया, प्रोस्टेट क्यान्सर र ब्रनेको नशासँग सम्बन्धित समस्याको उपचार गर्दै आएका पाठक तीन वर्षदेखि घरमा आराम गरिरहेका थिए ।

 

तपाईको प्रतिक्रिया